पोखरा प्रिमियर लिगको उपाधि चितवनले जित्यो, फाइनलमा विराटनगर ३२ रनले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

चितवन र बुटवल प्लेअफमा

चितवन राइनोज र बुटवल ब्लास्टर्स नमस्ते पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेका छन् । चितवनले विराटनगर टाइटन्सलाई १८ रन र बुटवलले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्‍यो । 

पीपीएल : लगातार तेस्रो जितपछि चितवन प्लेअफ नजिक

पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको छ । लगातार तेस्रो जितसँगै चितवन प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना बलियो बनेको छ । १ सय ८२ रनको ठूलो लक्ष्य पछ्याएको धनगढीले ८ विकेटको क्षतिमा १ सय २९ रनमात्र बनाउन सक्यो ।

पीपीएल : साविक विजेता पोखराको लगातार तेस्रो हार

अफ्तावउद्दिनले विस्फोटक अर्धसतकीय पारी खेलेपछि पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सले साविक विजेता पोखरा पल्टनमाथि ८ विकेटको सानदार जित हासिल गरेको छ । पहिलो खेलमा जित हासिल गरे पनि त्यसपछि लगातार तेस्रो खेल हारेसँगै पोखराका लागि प्लेअफ यात्रा निकै कठिन बनेको छ ।

पीपीएल : चितवनको लगातार दोस्रो जित

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्समाथि ११९ रनको फराकिलो जित हासिल गरेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवनको प्रतियोगितामा लगातार दोस्रो जित हो ।

पीपीएल : साविक विजेता पोखरा पल्टनको लगातार दोस्रो हार, विराटनगर विजयी

पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को साविक विजेता पोखरा पल्टन लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार पोखराले विराटनगर टाइटन्ससँग ४५ रनले पराजय बेहोरेको हो । विजयी सुरुआत गरेपनि लगातार २ खेल हारेपछि उसको प्लेअफ यात्रा कठिन बनेको छ ।

पीपीएल : ज्ञानेन्द्रको सतकीय पारीसँगै काठमाडौंले धनगढीलाई १०६ रनले हरायो

कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक इनिङ खेल्दै सतक बनाएपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १ सय ६ रनले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याउन आएको धनगढीको कुनै पनि ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि ७९ रनमै अलआउट भएको हो । हुस्सु र शीतका कारण १ घण्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल बनाउँदा कप्तान ज्ञानेन्द्र एक्लैले सतक प्रहार गरे ।

पल्टनमाथि राइनोजको सहज जित [तस्बिरहरु]

बाबर हायतले विस्फोटक ब्याटिङ गर्दै अविजित ६६ रनको योगदान गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले पोखरा पल्टनमाथि ६ विकेटको सहन जित हासिल गरेको छ । तेस्रो दिन भएको एक मात्र खेलमा साविक विजेता पोखराले नमिठो हार बेहोरेको हो । खेलका केही तस्बिरहरु :

पीपीएल : बाबर हायतको अर्धसतकमा पोखरामाथि चितवनको सहज जित

बाबर हायतले विष्फोटक ब्याटिङ गर्दै अविजित ६६ रनको योगदान गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले पोखरा पल्टनमाथि ६ विकेटको सहज जित हासिल गरेको छ । १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४.५ ओभरमा पूरा गरेको हो ।

पीपीएल : धनगढीले यसरी हरायाे विराटनगरलाई

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो । तस्बिरमा हेनुहाेस् :

पीपीएल : तस्बिरमा हेर्नुहाेस् बुटवल र काठमाडौंबीचको खेल

नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेको छ । तस्बिरमा हेनुहाेस् :

पीपीएल : बुटवलले काठमाडौंलाई सुपर ओभरमा हरायो, काठमाडौंको प्लेअफ यात्रा कठिन

नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेकको छ ।

पीपीएल : विराटनगरमाथि धनगढीको रोमानञ्चक जित

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ५ रनको रोमान्चक जित हासिल गरेको छ । धनगढीका कप्तान दीपेन्द्र सिंह एरीले अन्तिम ओभरमा सानदार बलिङ गर्दा १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले ९ विकेटको क्षतिमा ११२ रनमात्र बनाउन सक्यो । 

पल्टनले जित्यो वारियर्सलाई [तस्बिरहरु]

काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे । पहिलो दिनको खेलका केही तस्बिरहरु :

पीपीएल : कुशलको अर्धसतकसँगै पोखराको विजयी सुरुआत

काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले हराउँदै साविक विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुआत गरेको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १ विकेटको क्षतिमा १४.१ ओभरमै पूरा गर्ने क्रममा ओपनर कुशल भुर्तेलले आकर्षक अर्धशतकीय योगदान गरे । ४३ बलको सामना गरेका उनले ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६५ रन जोडे ।

पीपीएलको दोस्रो संस्करण आजबाट सुरु

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुने भनिए पनि वर्षाका कारण एकदिन सारिएको थियो। लिगको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बलिङ गरेर शुभारम्भ गरेका थिए ।

पीपीएल क्रिकेट : पोखरा र काठमाडौं भिड्दै

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट आइतबार सुरु हुँदै छ । प्रतियोगिता शनिबार सुरु हुनुपर्ने भए पनि वर्षाका कारण एक दिन सारिएको हो । उद्घाटन खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्सबीच प्रतिस्पर्धा हुनेछ