हिमपात

हिउँले सेताम्मे ओखलढुंगा (फोटोफिचर)

शुक्रबार रातिदेखि परेको बाक्लो हिमपातले ओखलढुंगाको माथिल्लो भेगको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै बढेको चिसोले सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । ओखलढुंगा र सोलुखुम्बुको सीमाक्षेत्रमा दुई फिट बाक्लो हिउँ परेपछि सवारी साधन सञ्चालनमा कठिनाइ भएको छ । तल्लो भेगका सर्वसाधारणहरु हिउँ खेल्नका लागि पत्ताले, ठाडे, जन्तरधाप पुगेका छन् । यसभेगमा बाक्लो हिमपात हुँदा ओखलढुंगा–सोलुखुम्बु सडक एक साता सम्म अवरुद्ध हुने गरेको छ । यसवर्षको पहिलो पटक शुक्रबार रातिदेखि शनिबार बिहानसम्म हिमपात भएको हो । मौसम अझै नखुलेकोले हिमपात थप हुन सक्ने अनुमान स्थानीयको छ ।

रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात

शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ ।

हिमपातले छोप्यो मनाङ

हिमाली जिल्ला मनाङमा शुक्रबार बाक्लो हिमपात भएको छ । मंसिर १२ गते बस्तीमा पहिलोपटक हिउँ झरेको मनाङमा बुधबार साँझदेखि हिउँ पर्न थालेको थियो ।

हिउँले ढाक्यो रारा

पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् ।

कालिञ्चोकमा हिमपात

धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । हिमाली जिल्ला दोलखाको उच्च पहाडी क्षेत्रहरुमा पनि हिउँले सेतो देखिन थालेको छ ।

उच्च पहाडी र हिमाली भू-भागमा हिमपात, उपत्यकामा हल्का वर्षा

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू-भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।