कोहलपुर घटनामा घाइते प्रकृतिकी दिदी सम्झिन्छिन्, ‘बहिनी हाँस्दै स्कुल गएकी थिई’

पसल खुलै थियो । चिया पिउने ग्राहकको भीड थिएन । चिया र नास्ता पकाउँदै फुर्सद नपाउने नगेन्द्रबहादुर चन्दको चुलो सोमबार चिसै थियो । दुर्घटनामा उपचारार्थ काठमाडौं पुर्‍याइएकी कान्छी छोरी प्रकृतिको न्यायको खोजीमा उनी बिहानै इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थिए । पसल कुर्न बसेकी १७ वर्षीया माइली छोरी पुष्पा आफैं सम्हालिँदै थिइन् ।

कोहलपुर घटना : जसलाई खुट्टा गुमेको थाहा छैन

सोमबार दिउँसो २ बजे । ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा बिरामीको निकै चाप थियो । ओपीडी समय चलिरहेको थियो । कोही रिपोर्ट देखाउने पालो कुरिरहेका थिए भने कोही औषधि किन्ने लाममा थिए ।

६ बुँदे सहमति गर्दै आन्दोलन टुंगियो

६ बुँदे मागसहित कोहलपुरमा जारी आन्दोलन टुंगिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले सरकार समक्ष विभिन्न ६ बुँदे माग गर्ने सहमति गर्दै आन्दोलन टुंग्याउने निर्णय गरेको हो ।