विवाह महोत्सव

राष्ट्रपति भण्डारी जनकपुरमा [तस्बिरहरु]

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । जानकी मन्दिरको पूजापछि भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुनेछिन्। विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा तिलक समारोह आयोजना गरिएको छ।

राष्ट्रपति भण्डारी रामजानकी विवाह महोत्सव सहभागी, जानकी मन्दिरमा विशेष पूजा

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव समारोहमा सहभागी भएकी छन् । महोत्सवमा आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा विशेष पूजासमेत गरेकी छिन् । 

विवाह महोत्सवको तयारी तीव्र

जानकी मन्दिरमा मजदुर सजावटमा व्यस्त छन् । साधु सन्तलाई सिता–विवाहको चटारो छ । आगन्तुकको चाप बढदै छ । जनकपुर सरसफाइ, आमन्त्रण, सरसजावट, जन्तीको स्वागत, खानपान, सांस्कृतिक कार्यक्रमको व्यवस्थापनमा मन्दिर परिवार जुटेको छ । सीताराम विवाहपञ्चमी महोत्सवको तयारी चलिरहेको छ । त्रेतायुगमा राम–जानकीबीच विवाह भएको दिनको स्मृतिमा हरेक मंसिर शुक्ल पञ्चमीमा यो परम्परा भव्यतासाथ मनाइन्छ । सातासम्म चल्ने महोत्सवमा नेपाल, भारत र अन्य मुलुकका पाहुना जनकपुर आउने क्रम सुरु भएको छ । महोत्सवमा अयोध्याबाट जन्ती आउने परम्परा छ ।