दाङको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा ‘ख’ मा भएको उपनिर्वाचनमा नेकपाले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ । नेकपाका उम्मेदवार विमलाकुमारी खत्रीले ४ हजार ६ सय ८२ मत ल्याएकी छिन् भने नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्माले ३ हजार ४ सय ४६ मत प्राप्त गरेका छन् ।