एनआरएनए चुनाव

एनआरएनएको चुनावमा कसले कति मत पाए ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले १ हजार २ सय १७ मत ल्याए भने प्रतिद्वन्द्वी कुल आचार्यले १ हजार ७० मत पाए छन् । यस्तै उपाध्यक्षमा डा बद्री केसी, अर्जुनकुमार श्रेष्ठ, मन केसी र सोनाम लामा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रविना थापा विजयी भएकी छन् ।

एनआरएनएको नयाँ नेतृत्वका लागि मतदान जारी [अपडेट]

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी छ । उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा बिहीबार बिहान साढे १० बजेदेखि मतदान सुरु भएको हो । होटल परिसरमा मतदाताहरु लामो लाइन लागेको छ ।

भोटिङ मेसिनले काम नगरेपछि एनआरएनको मतदान स्थगित

भोटिङ मेसिनले काम नगरेपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भएको छ ।

एनआरएनए चुनाव : ककसले दिए उम्मेदवारी ? (सूचीसहित)

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार ७७ जनाले मनोनयन दर्ता गराएका छन् । १ जना अध्यक्षका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । 

एनआरएनएको अध्यक्ष पदमा पन्त र आचार्यले दिए उम्मेदवारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि कुमार पन्त र कुल आचार्यले मनोनयन दर्ता गराएका छन् । काठमाडौंमा जारी विश्व सम्मेलनअन्तर्गत हुन लागेको निर्वाचनमा उपाध्यक्षद्वय पन्त र आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन :  ४२ पदका लागि मतदान आज

गैर आवासीय नेपाली संघ (एनआरएनए) को ४२ पदका लागि बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेका अनुसार मनोनयन दर्ता बुधबार बिहान ८ बजे खुल्नेछ । 
ADVERTISEMENT
ADVERTISEMENT

एनआरएनएको भावी नेतृत्व कस्तो छान्ने ?

गैर आवासीय नेपाली संघ(एनआरएनए) को चुनावी माहोलले काठमाडौं तताएको छ । करीब १६ वर्षको इतिहास बोकेको यो संस्था अरु देशका आप्रवासी संस्थाको तुलनामा कलिलो संगठन मान्नुपर्छ, तर यो संगठनलाई सबै प्रवासी/आप्रवासी नेपालीको संगठन बनाउने हो भने यो संस्थाको गहिरो समिक्षा हुन जरुरी छ ।