प्रधानमन्त्री ओली भन्छन्, 'संविधान कार्यान्वयनमा पक्ष प्रतिपक्ष हुँदैन'

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताएका छन् ।

१७ तस्बिरमा हेरौं, टुँडिखेलमा मनाइएको संविधान दिवस

आज मुलुकभर संविधान दिवस मनाइँदै छ । ०७२ असोज ३ गते संविधान जारी भएको दिनलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा तीनै सुरक्षा निकाय र विभिन्न संघ संस्थाहरुले जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका छन् ।

संविधान दिवस कसरी मनाउने !

आज असोज ३, संविधान दिवस । अर्थात्, चार वर्षपहिले संविधान घोषणा भएको दिनलाई सम्झने पर्व । संविधान जारी भएको दृश्यलाई त्यति बेला नेपालका सबै टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए । यस क्रममा देखिएका दृश्यको झल्को अहिले पनि मानसपटलबाट मेटिएको छैन ।

संविधानको ४ वर्ष : रोकिएन बिदेसिनेको लर्को

संविधान जारी भएपछि कतारमा कार्यरत गुल्मीका द्रोणकुमार बस्नेत निकै उत्साही थिए । सोचेका थिए– अब स्वदेशमै रोजगारी पाइएला, विदेशी भूमिमा श्रम गर्न नपर्ला । त्यति बेलैदेखि सधैंका लागि स्वदेश फिर्ने योजना बुनेका उनी अझै त्यहीँ छन् । विदेशमा १२ वर्षदेखि खेप्दै आएको दु:ख टुंगिने छाँट छैन । विद्युतीय क्षेत्रमा काम गर्ने उनी बरु अझ राम्रो कमाइ हुने कम्पनी खोज्दै छन् ।

संविधानमा खतरा ‘बनाउनेहरूबाटै’

संविधान दिवस भव्य बनाउन तामझाम चलिरहेका बेला प्रधानमन्त्री केपी ओलीले बुधबार सिंहदबारबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आए बघिनीको जस्तो भूमिकामा उत्रिने बताए । ठीक तीन महिनाअघि उनले संसद्मा विपक्षी कांग्रेसले सम्बोधन गर्न रोकेपछि पत्रकार सम्मेलन गर्दै संविधानका तीनवटा मूल विशेषता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि आक्रमण हुन थालेको अभिव्यक्ति दिएका थिए ।

नयाँ संविधान, पुरानै समस्या

तत्कालीन श्री ३ महाराज पद्मशमशेरले मुलुकको प्रमुख सेनापतिसमेतको हैसियतमा जारी गरेको ‘नेपाल सरकार वैधानिक कानुन, २००४ लाई नेपालको पहिलो लिखित संविधान भनिन्छ । मुलुकमा बढ्दो राजनीतिक असन्तोष व्यवस्थापन गर्न तथा राणाशासनलाई वैधानिक रूपमा निरन्तरता दिन नै पद्मशमशेरले यसलाई जारी गरेको भनिन्छ ।