जनतासँग घाँटी जोडिएको दस्ताबेज

भनिन्छ, पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाकी बहिनी फातिमा प्राय: साडी लगाउँथिन् । त्यतिखेर त्यहाँको मध्यम वर्गका उल्लेख्य महिला साडी नै लगाउँथे । कालान्तरमा सरकारले साडीलाई हिन्दु परिधानका रूपमा हेर्न थाल्यो । अचेल त सिन्धका ग्रामीण इलाकाबाहिर साडी देख्नै छोडिसक्यो । पाकिस्तानी महिलाहरू बाहिर अचेल बुर्कामा बढी देखिन्छन् ।

संविधानको रंग

संविधानका सम्बन्धमा विभिन्न देशका विभिन्न अनुभव छन् । दोस्रो विश्वयुद्धपछि सन् १९४७ मा जापानको संविधान घोषणा भयो । संसदीय प्रणाली र शृङ्गारिक राजतन्त्र जापानी संविधानका मुख्य विशेषता हुन् । तर यतिले मात्र जापानको संविधान बुझिँदैन । जापानी संविधान अमेरिकाको प्रत्यक्ष नेतृत्वमा बनेको हो ।

संविधानको ४ वर्ष : कार्यान्वयन भएनन् मौलिक हक

घर नभएका दलितलाई घर र जमिन नभएकालाई जमिन दिइने । छोराछोरी पनि सित्तैमा पढाइदिने । यस्तो सुन्दा बैतडी, देहीमाडौंकी निर्मला लोहारको मन खुसीले उफ्रिएको थियो । संविधान जारी भएका बखत घरको रेडियोले यसका विशेषता सुनाउँदा निकै चासो दिएर कान थापेकी थिइन् उनले । गाउँका जान्ने–बुझ्नेले पनि संविधानमा पहिलो पटक ‘दलितको हक’ किटानै गरिएकाले जसरी पनि लागू हुने सुनाए । उनलाई बधाई दिए । 

संविधानको ४ वर्ष : छिमेकीको दृष्टि बदलियो कि उस्तै ?

नयाँ संविधान जारी हुनु तीन दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत बनेर आएका थिए, तत्कालीन विदेश सचिव एस जयशंकर । संविधानमा ‘अधिकतम सहमति खोज्नुपर्ने’ सन्देश लिएर आएका उनले नेपालमा जारी हुनै लागेको संविधानप्रति ‘भारतीय असन्तुष्टि’ खुलेरै जनाए तर राजनीतिक सहमति र दलीय समझदारीका माझ २०७२ असोज ३ मा नेपालको संविधान जारी भयो ।

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

सत्तारूढ दल समाजवादी पार्टीले नै संविधान दिवस नबनाउने निर्णय गरेको छ । सरकारले तीन दिनसम्म दिवसलाई उल्लासपूर्ण रुपमा मनाउन अपिल गरेपनि सत्ताघटक दलले नबनाउने निर्णय लिएको हो । 

संविधान दिवस भव्य बनाउन ‘उर्दी’

संविधान दिवस (असोज ३) लाई यसपल्ट सरकारले भव्य बनाउने निधो गरेको छ । आम नागरिकलाई सांस्कृतिक एवं राष्ट्रिय पोसाकमा झन्डासहित र्‍यालीमा सामेल हुन आह्वान मात्र गरेको छैन, तीन दिनसम्म घरघरमा दीपावली गर्न समेत भनेको छ ।