लुक्लाबाट उडेका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण 

मौसममा खराबी देखिएपछि लुक्लाबाट काठमाडौंका लागि उडेका विभिन्न कम्पनीका ४ हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ ।

लिम्चुङबुङमा खाद्यान्न लैजान मौसम बाधक

खराब मौसमले हेलिकप्टर अवतरण हुन नसक्दा प्रदेश १ सरकारले पठाएको खाद्यान्न बिहीबार दुर्गम लिम्चुङबुङ गाउँपालिकामा पुर्‍याउन सकिएन । त्यहाँ लैजान नसकिएपछि उक्त खाद्यान्न ताप्ली गाउँपालिका लगिएको छ ।

मौसम पूर्वानुमान भरपर्दो बनाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मौसम पूर्वानुमानको सूचना छिटो र भरपर्दो ढंगले जनस्तरसम्म पुर्‍याउन निर्देशन दिएका छन् । उनले आइतबार दिउँसो जल तथा मौसम पूर्वानुमान महाशाखा निरीक्षण गरी पूर्वानुमानको सूचनालाई विश्वासिलो बनाउन निर्देशन दिए ।

मौसम खराब भएपछि सिमकोट उडान अवरुद्ध, मानसरोवर जाने पर्यटक अलपत्र 

मौसममा आएको खराबीका कारण चार दिन देखि दुर्गम क्षेत्रमा जहाज उडान हुन सकेको छैन । नेपालगञ्ज विमानस्थलबाट सिमकोट हुँदै तिब्बतको मानसरोवर जाने पर्यटक अलपत्र परेका छन् । 

मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनाको कारण खराब मौसम : आयोग

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको मुख्य कारण ‘खराब मौसम’ रहेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ । आयोगका संयोजक यज्ञप्रसाद गौतमले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको मुख्य कारक एकाएक बिग्रिएको मौसम भएको उल्लेख छ ।