१५ महिनापछि खुल्यो मलेसिया, शून्य लागतमा कामदार जान पाउने

नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि आइतबारबाट खुलेको छ । नेपाली कामदारलाई आर्थिक भार भएको भन्दै २०७५ जेठ २ गतेबाट नयाँ कामदारलाई श्रमस्वीकृति दिन बन्द गरेको थियो । श्रम समझदारीपछि अब नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउनेछन् ।  

मलेसिया रोजगारको गाँठो फुक्यो, स्वास्थ्य संस्थाको निरीक्षण गर्न मलेसियाली टोली नोभेम्बरमा आउने सहमति

नेपाल सरकारद्वारा सूचीकृत एकसय २२ मध्ये ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्न आगामी नोभेम्बरको पहिलो साता टोली पठाउन मलेसिया सरकार सहमत भएको छ । यसअघि बायोमेडिकल प्रणालीमा समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाहरुको भने निरीक्षण हुने छैन । दुई महिनाअघि मात्रै मलेसिया सरकारको वार्षिक निरीक्षणमा पास भइसकेकोले उनीहरुले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने बाटो खुल्ला भएको छ ।

स्वास्थ्य संस्था थप्न मलेसिया 'सकारात्मक', दुई देशबीच बिहीबार पुन: बैठक   

झन्डै १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन दुई देशबीचका श्रम अधिकारीहरुको बैठक बिहीबार बस्नेगरी टुङ्गिएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणालीअनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा दुईसम्म बसेको छलफलमा कुरा नमिल्दा बैठक लम्बिएको हो ।