राष्ट्रिय गान

पशुपतिमा आरतीअघिको राष्ट्रिय गानबारे पर्यटनमन्त्रीको प्रतिक्रिया : 'राष्ट्रिय गान र मलामीको साइनो छैन'

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गंगा आरतीमा प्रारम्भ गरिएको राष्ट्रिय गान र आरती हुने स्थान नजिकै मृतकहरूको अन्त्येष्टि हुने र शोकाकुल आफन्त असहज परिस्थितिबीच कुनै सम्बन्ध नरहेको प्रतिक्रिया दिएका छन् । 

कांग्रेस सांसद प्रधानको प्रश्न , 'किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने ?'

सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकामा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाएका छन् । 

‘सयौं थुँगा..’ गाएर आरती !

चलचित्र हल र पशुपति मन्दिर परिसरमा साँझको आरती सुरु हुनुअघि राष्ट्रिय गान बजाउनुपर्ने सरकारको नयाँ नियम सुनेर राष्ट्रिय गान छनोट समितिका संयोजक सत्यमोहन जोशी छक्क परेका छन् । उनी भन्छन्, ‘राष्ट्रसँग सम्बन्धित समारोहमा मात्र राष्ट्रिय गान गाउनु सान्दर्भिक हुन्छ । बिहे भोज, व्रतबन्ध, पास्नी जहाँसुकै बजाउन मिल्दैन ।’