गाईगोरु डाँडो कटाउन खोज्दा...

नेपालगन्ज उपमहानगरपालिकाले करिब एक महिनाअघि सर्वपक्षीय बैठक गरी संरक्षण गर्ने उद्देश्यले कुनै व्यक्ति वा संस्थाले माग गरे कान्जी हाउसमा रहेका गाईगोरु नि:शुल्क दिने निर्णय गरेको थियो । तर उपमहानगरपालिकाले नै बिहीबार निर्णयको मर्मविपरीत गाईगोरुलाई डाँडो कटाउन खोज्दा समस्या देखिएको छ ।

गाई–गोरु बाटोमै फालेको घटना गृहले छानबिन गर्दै

नेपालगञ्जबाट ल्याएका गाई–गोरु बाटोमै फालेको घटनाबारे गृह मन्त्रालयले छानबिन थालेको छ । मन्त्रालयबाट उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाइएको छ ।

कहाँ लगिन्छन् गाईगोरु ?

सुर्खेतबाट दैलेखसम्म भनेर ल्याउँछन् र कालिकोट पुर्‍याउाछन् । कालिकोटबाट मुगु हुादै सम्बन्धित ठाउँ फुर्‍याइन्छन् । बिहीबार मात्रै ट्रकमा खाादेर लगिएका २४ गाईगोर बाटोमै मरे । करिब डेढ सय सुर्खेतको कटकुवा क्षेत्रमा बेवारिस छाडिएका छन् ।

ट्रकबाट खसालिए दर्जनौं गाई, २३ मरे, ३० घाइते

सुर्खेत–दैलेख सडकको कटकुवा क्षेत्रमा बेवारिसे गाई भेटिएका छन् । तीमध्ये २३ गाई मृत अवस्थामा छन् । करिब ३० घाइते छन् ।