तीज

तीजको खानपान र उपवास

केही वर्षअघि काभ्रेको पाँचखालस्थित ग्रामीण स्वावलम्बी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएका ४ सयमध्ये साढे ३ सय जना बिरामी परेका थिए । यो समाचारले त्यति बेला धेरैलाई चनाखो बनाएको थियो । तर लाग्छ, त्यो खबर आयो–गयो भयो । दरप्रति उत्साह बढ्दै गए पनि सचेतता झन्झन् घट्दै गएको प्रतीत हुन्छ ।