आत्महत्या अघि पुडासैनीले के-के गरे ?

चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृत भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौतुहलताको विषय हो । प्रहरी अनुसन्धानका आधारमा मृतक पुडासैनीको त्यो दिनको गतिविधिलाई फेला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ ।

पुडासैनी आत्महत्या प्रकरण : रविलाई मुद्दाको विषयमा सार्वजनिक रुपमा बोल्न रोक [आदेशसहित]

माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सोमबार धरौटी माग गरिएका सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई अदालतले मुद्दाका विषयमा सार्वजनिक टिका टिप्पणी गर्न समेत बन्देज लगाएकाे छ ।

पुडासैनी आत्महत्या प्रकरण : रवि र युवराजसँग धरौटी माग, अस्मितालाई साधारण तारेख

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, पत्रकार युवराज कँडेललाई धरौटीमा र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

चितवनमा रवि समर्थकमाथि अश्रुग्यास प्रहार, १० जना गिरफ्तार

आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछानेको बयान सोमबार

'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुने भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।

लामिछानेसहित तीन जनाविरुद्ध दुरुत्साहन मुद्दा [अपडेट]

सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ । सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरू तीनै जना साउन ३० गते पक्राउ परेका हुन् ।

पुडासैनी मृत्यु प्रकरण : प्रहरीले अनुसन्धान फाइल सरकारी वकिललाई बुझायो, अब अगाडिको प्रक्रिया के ?

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनले सम्पूर्ण अनुशन्धान पुरा गरी फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएको छ ।

पुडासैनी मृत्यु प्रकरण : म्याद थप गर्ने की मुद्दै दायर गर्ने भन्नेमा अलमल, रवि लगायत तीनैजना अदालतमा पेश गरिँदै

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत तीनजनालाई हिरासतमा राखेर अनुशन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ । आइतबार उनीहरु फेरि अदालतमा उपस्थित हुने छन् ।