वन समूहबाटै चारकोसे सखाप

संरक्षणको जिम्मा लिएका सामुदायिक र साझेदारी वन समूहकै संलग्नतामा पूर्वी तराईको चारकोसे जंगल सखाप हुने गरेको पाइएको छ । सरकारले जंगल जोगाउन २०५५ सालयता १३४ सामुदायिक र ४ साझेदारी समूहलाई २७ हजार ७९० हेक्टर चारकोसे वन हस्तान्तरण गरिसकेको छ ।

खुम्चिँदै चारकोसे, मोरङ-सुनसरीमा ३० वर्षयता ११ हजार हेक्टर घट्यो

मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।

चारकोसे झाडीमा माहुरी

सन्त ऋतुको आगमनसँगै बर्दिवास आसपासका चारकोसे झाडीमा विभिन्न प्रजातिका मनै लोभ्याउने फूल देखिन्छन् । फूलको रसमा लोभिएका माहुरीले जंगलै ढाकिएको छ ।पूर्वपश्चि राजमार्ग दक्षिणको तारेचौरी, बर्दिवास, रामनगर र लेवर हाउसका जंगलभरि राखिएका माहुरीका गोलाले चारकोसे झाडीमा आकर्षण थपेको छ ।