त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता 

शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ ।

त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु 

सर्लाही सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् भने २६ जना बेपत्ता छन् ।

त्रिशूली बस दुर्घटना : शोकमा डुब्यो परिवार

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवन नगरकी ४३ वर्षीया उषादेवी रौनियार शुक्रबार बिहानदेखि बेहोस छिन् । बेहोसीमै उनी छोरा, छोरी, जेठानी र जेठाजुको नाम लिएर बर्बराउँछिन् । उनका आँखाबाट आँसु थामिएको छैन । पति चन्देश्वरप्रसाद रौनियारको अवस्था उस्तै छ । आफूलाई केही सम्हालिएको जस्तो देखाउँछन् तर छिनमै आँखा रसाइहाल्छ । 

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्याे, २४ अझै बेपत्ता [यात्रुकाे नामसहित]

सर्लाहीको सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ को उद्धार गरिएको छ । २४ जना अझै बेपत्ता छन् । बसलाई त्रिशूलीबाट निकालिएकाे छ । बसभित्र काेही पनि नभेटिएकाे प्रहरीले जानकारी दिएकाे छ ।