पोखराका सडक डिभिजन इन्जिनियरसहित ५ जना पक्राउ, घूसको ९ लाख बरामद

पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुको साथबाट ९ लाख घूस रकमसमेत बरामद गरेको जनाएको छ । 

पौने ७ लाख घूससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार दरबारमार्गस्थित शेर्पामलबाट पक्राउ गरेको हो ।