पाकिस्तानको ‘लबिङ’ जारी

पाकिस्तानका विदेशमन्त्री मकधुम शाह महमुद कुरेसीले जम्मु–कश्मीर मामलामा स्पष्ट दृष्टिकोण अपेक्षा गर्दै क्षेत्रीय शान्ति र स्थिरताका निम्ति सार्क अध्यक्ष राष्ट्रका रूपमा नेपालले खेल्नुपर्ने भूमिकाबारे ध्यानाकर्षण गराएका छन् । 

जम्मु-कश्मीरमा तनाव : नेपालीलाई बढ्दो चिन्ता

नरेन्द्र मोदी सरकारले जम्मु-कश्मीरको विशेषाधिकार खारेजलगायतका निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गइरहेका बेला त्यहाँ विभिन्न पेशाव्यवसाय गर्दै आएका नेपालीहरु भने आफ्नो सुरक्षालाई लिएर चिन्तित हुन थालेका छन् । गत आइतबारबाट जम्मु-कश्मीरमा लगाइएको कर्फ्यु र निषेधाज्ञाले त्यहाँ रहेका नेपालीहरुको जनजीवन पनि कष्टकर बनेको छ । हालसम्म नेपालीहरु सुरक्षित नै रहे पनि आगामी दिनमा बढ्न सक्ने तनावले उनीहरुको चिन्ता बढाएको हो । 

जम्मु-कश्मीरका सम्बन्धमा नेपाललाई भारतको ब्रिफिङ

भारतले जम्मु-कश्मीरका सम्बन्धमा लिएको पछिल्लो निर्णयको नेपाललाई औपचारिक ‘ब्रिफिङ’ गरेको छ । मंगलबार भारतको विदेश मन्त्रालयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँगको भेटमा विदेश सचिव विजय शेखर गोखलेले मोदी सरकारको पछिल्लो निर्णयबारे जानकारी गराएका हुन् ।

जम्मु–कश्मीरको विशेषाधिकार खारेज : अलमलमा विपक्षी दल

भारत सरकारले जम्मु–कश्मीरलाई दिइएको विशेष अधिकार कटौती गरी केन्द्र प्रशासित छुट्टै राज्यको घोषणा गरिसके पनि भारतीय विपक्षी दल कंग्रेस अलमलमा छ । 

कश्मीर मुद्दाले दार्जिलिङमा हलचल

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्यमा टुक्र्याउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ ।

जम्मु–कश्मीरका सम्बन्धमा अन्तर्राष्ट्रिय समर्थन जुटाउने भारतको प्रयास

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरले पाउँदै आएको विशेष राज्यको मान्यता खारेज गर्ने आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले उक्त निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वादलाई तीव्र बनाएको हो । 
ADVERTISEMENT

मोदीको कडा कदम : जम्मु–कश्मीरका विशेषाधिकार खोसिए

भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरी दुई अलग राज्यमा टुक्र्याउने निर्णय गरेको छ । टुक्रिएपछि बन्ने जम्मु–कश्मीर र लद्दाख दिल्ली, पोन्डिचरी जस्ता केन्द्रशासित राज्यसरह हुनेछन् ।