हेग कति टाढा ?

साउन १३ गते बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई संक्रमणकालीन न्यायको कठघरामा तान्न खोज्नेलाई भने, ‘हेग लगियो भने म हिरो हुन्छु ।’ केही घण्टापछि चार अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट, ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संक्रमणकालीन न्यायका सम्बन्धमा प्रतिबद्धता पूरा गर्न नेपाल असफल भएको निष्कर्षसहित संयुक्त वक्तव्य निकाले ।

हेग लगिए म झन् हिरो हुन्छु : दाहाल 

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगिए आफू झन् विश्वभर चर्चित हुने दाबी गरेका छन् । उनले ललितपुरस्थित आफ्नो निवास खुमलटारमा सोमबार बिहान नेकपामा प्रवेश गरेका नेत्रविक्रम चन्द समूहका ८ नेता/कार्यकर्तालाई स्वागत गर्दै त्यस्तो दाबी गरेका हुन् ।