जथाभावी सडकले बस्ती जोखिममा

पाल्पामा २ सय २० परिवार पहिरोको जोखिममा छन् । यहाँ जथाभावी डोजर चलाइनु, भूकम्पका कारण चिरा परेका पहाड र प्राकृतिक प्रकोप पहिरोका मुख्य कारण हुन् । रम्भा गाउँपालिकाको हुँगी, तिनाउको श्रीडाँडा, कोलडाँडा, मस्याम, दोभान, रामपुर नगरपालिकाको गेझा, पूर्वखोलाको वीरकोट, रिब्दीकोटको खस्यौली, निस्दीको सहलकोट, ज्यामिरे, कालीगण्डकी बेंसी क्षेत्रमा बढी जोखिम छ ।