स्कुल विभाग

स्कुल विभाग लिन तयार छु : खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले स्कुल विभागको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । पार्टीले विचार गरेर जिम्मेवारी दिए आफू स्कुल विभाग चलाउन सक्षम रहेको उनको भनाइ छ । 

नेकपामा विभाग गठन लम्बियो

स्कुल विभागको नेतृत्वलाई लिएर शीर्ष नेताहरूबीच रस्साकसी भएपछि नेकपाको विभाग प्रमुख र उपप्रमुखहरू चयन प्रक्रिया लम्बिएको छ । सचिवालयको सोमबारको बैठकमा पनि विभागमा नेताहरूको कुरो नमिल्ने देखिएपछि १५ दिनका लागि बैठक सारिएको छ । 

योग्यलाई स्कुल विभाग

नेकपा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठमध्ये कसलाई ल्याउने भन्ने विवाद उत्कर्षमा रहेका बेला त्यसका लागि वैचारिक अभियान चलाउँदै आएका नेता घनश्याम भुसालले समेत दाबी गरेको पाइयो  ।

नेकपामा ‘स्कुल’ मै अलमल

आवरणमा स्कुल विभाग कसले लिने भन्ने रस्साकसी देखिए पनि खासमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञान हाबी भएको छ । पार्टीलाई वैचारिक रूपमा आफ्नो पक्षले नेतृत्व गरेको छ भन्ने देखाउनकै लागि दुवै पक्षले यही विभाग दाबी गरिरहेका छन् । 

स्कुल विभाग प्रमुखमा किचलो

नेकपाको जिल्लास्तरीय प्रमुख, उपप्रमुखमा कुरा मिलेकोले खुसियाली छाएको थियो  । तर केन्द्रीय स्कुल प्रमुखमा किचलो देखिँदा दुःखको अनुभूति हुनलाग्यो  ।

नेकपा विवाद : स्कुल विभागमा भुसालको पनि दाबी

नेकपामा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् । 

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान 

नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् ।

शक्तिशाली विभाग शीर्ष नेतालाई

नेकपाले शक्तिशाली विभागहरूमा पार्टीको सचिवालयमै रहेका शीर्ष नेताहरूलाई जिम्मेवारी दिने तयारी गरेको छ । ३२ वटा विभाग रहे पनि संगठन विभाग, विदेश विभाग, आर्थिक विभाग, प्रचार विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिन्छन् । त्यसमा सचिवालयमा रहेका वरिष्ठ नेताहरूलाई राख्ने समझदारी भएको छ ।