एसईईको पूरक परीक्षा विवादमा

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘सी वा सी’ भन्दा कम ग्रेड प्राप्त सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने निर्णय विवादमा परेको छ । शिक्षा मन्त्रालयको निर्णयअनुसार राष्ट्रिय परीक्षा बोर्डले आगामी भदौ १ देखि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका बेला विवाद बढेको हो ।