ओढारमा १६ केजी सुन

तिब्बती बजारबाट अवैध रूपमा भित्र्याइएको १६ किलो सुन प्रहरीले बरामद गरेको छ । धार्चे गाउँपालिका–३, खोर्लाबेसीनेरको ओडारमा लुकाइराखेको अवस्थामा बिहीबार बिहान प्रहरीले सुन बरामद गरेको हो । 

गोरखाकाे खाेर्लाबेंसीको ओडारमा लुकाइराखेको अवस्थामा अवैध सुन बरामद

धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो । प्रहरी स्रोतले १६ किलो सुन बरामद भएको बताए पनि आधिकारिक रुपमा सुनको परिमाणबारे केही पनि जानकारी दिएको छैन ।