यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् ।स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।

गाउँ डुबानमा परेपछि स्थानीयले भत्काइदिए गण्डक नहर

लगातारको वर्षापछि आएको बाढीका कारण गाउँ डुबानमा परेपछि स्थानीयले गण्डक नहरको डिल भत्काइदिएका छन् । गाउँ नै डुब्ने अवस्थामा पुगेपछि उनीहरुले बुधबार बिहानै नहर भत्काइदिएका हुन् । स्थानीय रामु न्यौपानेका अनुसार बुधबार बिहानै कोदालो, गैंची लिएर उनीहरु नहरको डिल पुगेका थिए ।