मौद्रिक नीति : गाभिने बैंक र लघुवित्तलाई थप सुविधा

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंक र लघुवित्त संस्था गाभिएमा थप पाँच सुविधा दिने घोषणा गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ‘क’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई मात्रै सुविधाको घोषणा गरेका हुन् ।

मर्जरमा जाने बैंकलाई सुविधा, बाध्यकारी व्यवस्था ल्याइएन [पूर्णपाठसहित]

मर्जरमा जाने वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले विभिन्न सुविधाको घोषणा गरेको छ । राष्ट्र बैंकले मर्जरको लागि बाध्यकारी नीति नलिई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको हो । वाणिज्य बैंकहरुले मर्जरमा गई २०७७ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरे विभिन्न सुविधा दिने घोषणा मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ ।