बाग्मतीमा पानीको बहाब बढ्यो, उच्च सतर्कता अप्नाउन प्रशासनको निर्देशन

मंगलबार राति देखि परेको लगातारको वर्षाका कारण बाग्मती र लालबकैया नदीमा बुधबार अपरान्हबाट पानीको बहाव बढेको छ । यसले वरपरका बस्तीलाई समस्यामा पार्नसक्ने जनाइएको छ । असारको अन्तिम सातामा आएको बाढी र डुबानको पिडा कम हुँदै गएको बेला फेरी बाढीको त्रास बढेको छ ।

भोलिसम्म भारी वर्षाको सम्भावना

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको सक्रियता सामान्य हुँदै

मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतिर रहेकाले मनसुनी गतिविधि देशैभरि सामान्य सक्रिय रहेको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणबाट केही तल रहेकाले मनसुन पूर्ण सक्रिय हुन् अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । अहिले मनसुन देशभरि नै सामान्य सक्रिय रहेको बताउँदै उनले पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली हुने पश्चिम क्षेत्रमा आंशिक तथा सामान्य बदली हुने जानकारी दिइन् ।