डुबान

यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् ।स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।

बाग्मतीमा पानीको बहाब बढ्यो, उच्च सतर्कता अप्नाउन प्रशासनको निर्देशन

मंगलबार राति देखि परेको लगातारको वर्षाका कारण बाग्मती र लालबकैया नदीमा बुधबार अपरान्हबाट पानीको बहाव बढेको छ । यसले वरपरका बस्तीलाई समस्यामा पार्नसक्ने जनाइएको छ । असारको अन्तिम सातामा आएको बाढी र डुबानको पिडा कम हुँदै गएको बेला फेरी बाढीको त्रास बढेको छ ।

वाग्मतीले लखेट्यो ४ सय परिवार

शुक्रबार राति बाढीले घर डुबाएपछि जसोतसो ज्यान जोगाएकी दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाकी ६५ वर्षीया सरस्वती कोइरीको बायाँ खुट्टा भाँचिएको छ । बाढीबाट जोगिन भाग्ने क्रममा उनको खुट्टा भाँचिएको हो । 

सप्तरीबाट आश्रय खोज्दै उदयपुर 

बाढीले विस्थापित ४८ परिवार तीन दिनयता उदयपुरको बुलबुले भमरा सामुदायिक वन उपभोक्ता समूहको भवनमा आश्रय लिइरहेका छन् । त्रियुगा नदीको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–२ मा गाउँ नै डुबाएपछि उनीहरू सुरक्षित थलो खोज्दै बेलका नगरपालिका–१ भालमन्ती आइपुगेका हुन् ।  

बाढीले दुईको मृत्यु एक वेपत्ता, सदरमुकाम गौर अझै डुबानमा   

लगातारको वर्षाका कारण आएको बाढीमा परी गौर ३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ  १ बन्जरहाका हरेन्द्र राय यादवको शनिबार साझ मृत्यु भएको छ । बाढीले बगाएर दुवैको मृत्यु भएको हो । एक बेपत्ता छन् ।

भारतीय बाँधले नेपाली बस्ती डुबानमा

सप्तरी, रौतहट, पर्सा, बारा र बाँकेका सीमा क्षेत्रमा भारतले एकतर्फी रूपमा बनाएको बाँधलगायत संरचना र निकासमा पुर्‍याएको अवरोधले नेपाली भूभाग डुबानमा परेको छ । भारतीय पक्षले सप्तकोसीको बहावलाई नियोजित रूपमा पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय परिवार विस्थापित भएका छन् । 

भारतीय च्यानलका कारण डुबान

भारतीय पक्षले एकतर्फी रूपमा सप्तकोसी नदीको धारलाई पश्चिमतर्फ फर्काउँदा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । कोसीको पानी बस्तीमा पसेपछि करिब ३ सय घरपरिवार विस्थापित भएका छन् । 

दुई खोलाको भँगालोबीच १० जना अलपत्र, एकजना बेपत्ता

उदयपुरको चौदण्डीमा खोलाको भंगालोबीच १० जना अलपत्र परेका छन् । चौदण्डीगढी नगरपालिकास्थित कालीखोला र लामा खोलाको दोभाननजिक सञ्चालित क्रसरमा काम गर्ने मजदुर अलपत्र परेका हुन् ।

त्रियुगा नदीको बाँध फुटेर पाँच सय घर डुबानमा

चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–१ तपेश्वरीमा आज बिहान त्रियुगा नदीको बाँध फुट्दा तपेश्वरी क्षेत्रका पाँचसय भन्दा बढी घर डुबानमा परेका छन् ।

मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुग्यो

अबिरल वर्षापछि आएको बाढीपहिरोका कारण मकवानपुरमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मकवानपुरको थाहानगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा खोला र भेलले बगाएर तीजनाको मृत्यु भएको हो ।  

बाढीपहिरो र डुबानले ३६ जनाको ज्यान गयो, २४ जना बेपत्ता [अपडेट]

अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

थुनिएका इञ्जिनियरसहित ९ जनाको एयरलिफ्ट [अपडेट]

कमला खोलाको बाढीमा फसेका इन्जिनियरसहित ९ जना प्राविधिक टोलीलाई शनिबार साँझ एयरलिफ्ट गरेर उद्धार गरिएको छ ।शुक्रबारदेखि नै बाँधमा थुनिएका उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरले ६ बजेर १० मिनेटमा एयरलिफट गरेको हो । 

बाढीपहिरो र डुबानले ३० जनाको ज्यान गयो, उद्धार जारी [अपडेट]

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएका छन् । विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृह सचिव प्रेम राईले देशैभरी बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या प्रस्तुत गर्दै राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिए । 

आइतबारसम्म देशभर मनसुन सक्रिय रहने

मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित रहेकाले आइतबारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी ब्यारेजका ३३ ढोका खोलेर निकास

अबिरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेकभन्दा बढी पानीको बहाव देखिएको छ ।

अविरल वर्षाले ५ दिनदेखि हवाई सेवा अवरुद्ध

अविरल वर्षा कारण डोल्पाको हवाई सेवा ५ दिनदेखि अवरुद्ध हुँदै आएको छ । जसका कारण यात्रुहरु लामो समयदेखि होटेलमा बस्न तथा पैदल यात्र गरेर नेपालगञ्ज, सुर्खेत तर्फ झर्न बाध्य छन् । 

हराएको शिशु स्याङ्जाको मिर्मिबाट भेटियो

लुम्बिनी मेडिकल कलेजबाट शुक्रबार हराएको नवजात शिशु शनिबार भेटिएको छ । अस्पतालमा जन्मिएको चार घण्टामै गायव भएको शिशु स्याङ्जा जिल्लाको मिर्मीमा भेटिएको हो । प्रहरीले बच्चा र चोरी गर्ने महिलालाई शनिबार बिहान ८ बजे कोठाबाटै नियन्त्रणमा लिएको जनाएको छ । 

धनकुटामा पहिरोका कारण ७ घर र एक विद्यालयमा क्षति, हिले भोजपुर सडक अवरुद्ध 

अविरल वर्षाको कारण धनकुटाको अधिकांस स्थानको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण विभिन्न स्थानमा ७ घर सहित एक विद्यालय र एक प्रहरी चौकिमा समेत क्षति पुगेको छ ।

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

कर्णाली नदीस्थित राजापुर र कैलाली जोड्ने पुलमा कर्णाली नदीको बहाव पूर्वतर्फ धकलिएपछि भ्वाङ परेको छ । कैलाली जोड्ने पूर्वी किनार पुलसँग जोडिएको ठाउँमा भ्वाङ परेको हो ।

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–१ को कमेरेमा ढुंगासहितको पहिरो जीपमाथि खस्दा जीप चालक गम्भिर घाइते भएका छन् । पहिरो पार गर्न लाग्दा माथिबाट ढुङ्गा खसेर जीपमा लागको थियो ।

कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

सिन्धुलीको दुधौली नगरपालिका डकाहामा कमला नदील बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ भने तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । 

रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

रौतहटको सदरमुकाम गौर डुबानमा परे पछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले डुंगाको मद्धतले उद्धार थालेको छ । बजार क्षेत्रका साना घरहरुमा फसेकालाई उद्धार सुरु गरिएको हो ।

भप्सी खोलाको पुल बाढीले बगाएपछि आवागमन ठप्प रहेेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग गरेर सुचारु

महोत्तरीको बर्दिबासस्थित भप्सी खोलाको पुल बाढीले बगाएपछि ठप्प रहेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग सञ्चालन गरिएकाे छ । पुल भत्केपिछ बाटोमा नै अलपत्र परेका सवारी गन्तव्य तर्फ लागेकाे छ ।

महोत्तरीको भप्सी पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको छ । पुल भत्केपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो । पुलको दुवै छेउमा सवारी साधन अलपत्र छन् ।