वाग्मतीले लखेट्यो ४ सय परिवार

शुक्रबार राति बाढीले घर डुबाएपछि जसोतसो ज्यान जोगाएकी दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाकी ६५ वर्षीया सरस्वती कोइरीको बायाँ खुट्टा भाँचिएको छ । बाढीबाट जोगिन भाग्ने क्रममा उनको खुट्टा भाँचिएको हो । 

सप्तरीबाट आश्रय खोज्दै उदयपुर 

बाढीले विस्थापित ४८ परिवार तीन दिनयता उदयपुरको बुलबुले भमरा सामुदायिक वन उपभोक्ता समूहको भवनमा आश्रय लिइरहेका छन् । त्रियुगा नदीको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–२ मा गाउँ नै डुबाएपछि उनीहरू सुरक्षित थलो खोज्दै बेलका नगरपालिका–१ भालमन्ती आइपुगेका हुन् ।  

बाढीले दुईको मृत्यु एक वेपत्ता, सदरमुकाम गौर अझै डुबानमा   

लगातारको वर्षाका कारण आएको बाढीमा परी गौर ३ टिकुलियाका शिवमंगल राउत पटेल र ईशनाथ  १ बन्जरहाका हरेन्द्र राय यादवको शनिबार साझ मृत्यु भएको छ । बाढीले बगाएर दुवैको मृत्यु भएको हो । एक बेपत्ता छन् ।

धनकुटामा पहिरोका कारण ७ घर र एक विद्यालयमा क्षति, हिले भोजपुर सडक अवरुद्ध 

अविरल वर्षाको कारण धनकुटाको अधिकांस स्थानको जनजीवन प्रभावित बनेको छ । पहिरोका कारण विभिन्न स्थानमा ७ घर सहित एक विद्यालय र एक प्रहरी चौकिमा समेत क्षति पुगेको छ ।

नदी कटानले कर्णाली पुलमा भ्वाङ पर्‍यो 

कर्णाली नदीस्थित राजापुर र कैलाली जोड्ने पुलमा कर्णाली नदीको बहाव पूर्वतर्फ धकलिएपछि भ्वाङ परेको छ । कैलाली जोड्ने पूर्वी किनार पुलसँग जोडिएको ठाउँमा भ्वाङ परेको हो ।

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका–१ को कमेरेमा ढुंगासहितको पहिरो जीपमाथि खस्दा जीप चालक गम्भिर घाइते भएका छन् । पहिरो पार गर्न लाग्दा माथिबाट ढुङ्गा खसेर जीपमा लागको थियो ।
ADVERTISEMENT

कमला नदीले बगाएर एकको मृत्यु, तीन वेपत्ता

सिन्धुलीको दुधौली नगरपालिका डकाहामा कमला नदील बगाउँदा शनिबार एक बालकको मृत्यु भएको छ भने तीनजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार तीन वर्षीय कार्वन कापडीको मृत्यु भएको हो । 

रौतहट डुबानमा : डुंगा लिएर उद्धारमा निस्किए सुरक्षाकर्मी    

रौतहटको सदरमुकाम गौर डुबानमा परे पछि नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले डुंगाको मद्धतले उद्धार थालेको छ । बजार क्षेत्रका साना घरहरुमा फसेकालाई उद्धार सुरु गरिएको हो ।

भप्सी खोलाको पुल बाढीले बगाएपछि आवागमन ठप्प रहेेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग गरेर सुचारु

महोत्तरीको बर्दिबासस्थित भप्सी खोलाको पुल बाढीले बगाएपछि ठप्प रहेको पूर्व-पश्चिम राजमार्ग वैकल्पिक मार्ग प्रयोग सञ्चालन गरिएकाे छ । पुल भत्केपिछ बाटोमा नै अलपत्र परेका सवारी गन्तव्य तर्फ लागेकाे छ ।

महोत्तरीको भप्सी पुल भत्कियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको छ । पुल भत्केपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको हो । पुलको दुवै छेउमा सवारी साधन अलपत्र छन् ।

कोसीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । कोसी ब्यारेजस्थित कन्ट्रोल रुमका अनुसार पछिल्लो पटक गरिएको मापनमा कोसीमा पानीको बहाव २ लाख क्युसेकभन्दा बढी पाइएको छ ।

डुब्यो सदरमुकाम गौर, जनजीवन अस्तव्यस्त

अविरल वर्षापछि बागमति र लालबकैयाको नदिको पानी पसे पछि रौतहटको सदरमुकाम गौर डुबेको छ । अहिले झण्डै ७/८ फिट पानी छ । घर भित्र पानी पसे पछि स्थानियले हारगुहार गरिरहेका छन् । सुसरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेपछि उद्धारमा कठिनाई भएको छ । सुरक्षाकर्मीले उद्धार गर्न सकेको छैनन् । 

कम्तीमा २२ को मृत्यु, ५ जना बेपत्ता, ४३५ परिवार विस्थापित

लगातारको वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर २२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, भोजपुर र धादिङमा २/२, झापा, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ । 

झरी परे जाग्राम

पश्चिम नवलपरासीको दक्षिणी सीमाक्षेत्रका बासिन्दालाई बर्खामा राम्ररी निद्रै पर्दैन । कतिखेर नारायणी र खहरे उर्लेर उठिबास लगाउने हो, पत्तो हुँदैन । अहिले पनि ३ दिनदेखि झरी नथामिँदा उनीहरू जाग्राम बसिरहेका छन् । स्थानीय खोला, नहर तथा नारायणीमा पानीको सतह बढेको छ । 

पहिरोले गाउँ च्यापेपछि बसाइँ सराई

मर्स्याङ्दी गाउँपालिका ५ माथिल्लो चिप्लामा करिब तीन दशक पुरानो पहिरोले स्थानीयलाई विस्थापित बनाएको छ । पहिरोले बगाउन लागेपछि रामबहादुर गुरुङले गत वर्ष घेर्मुफाँटमा बसाइँ सारे ।

मेचीको भेलले घेरियो बस्ती

सिमानापारिको नेपाली बस्ती ‘भाङबारी’ मेची नदीको घेराबन्दीमा परेको छ । मेची नदीमा पुल नहुँदा मंगलबारदेखि नगरपालिकाको कार्यालय आउने भाङबारीका बासिन्दाको संख्या ≈वात्तै घटेको छ । 

[अपडेट] दुई घाइतेको हेलिकप्टरबाट उद्धार, दुई बेपत्ता

भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा दुई आयोजनाका दुई जना कर्मचारी बेपत्ता बनाएको छ । भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत्‌मा कार्यरत सुनसरीका यादवप्रसाद काफ्ले र लाफिङ्ग बुद्ध हाइड्रो पावरका कर्मचारी बाराका रामऔतार चौधरीलाई भेलले बगाएर बेपत्ता बनाएको हो । यादव आयोजनाको साइड इञ्चार्ज हुन् भने चौधरी इलेक्ट्रिसियन ।