सबै निकुञ्जभित्र रिसोर्ट

शिवपुरी–नागार्जुन निकुञ्जमा सफारी र केबलकार सञ्चालन खुलाउने तयारीको सबैतिरबाट विरोध भइरहेका बेला सरकारले देशैभरका राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रभित्र केबलकार र रिसोर्टसहितको पर्यटकीय सेवा सञ्चालन गर्न निजी क्षेत्रलाई जिम्मा दिने गरी कानुनी बाटो खोल्न लागेको छ । 

शिवपुरी–नागार्जुन काठमाडौंको जीवन 

विश्वमै देशको राजधानीबाट सबैभन्दा नजिकको राष्ट्रिय निकुञ्ज शिवपुरी नागार्जुन हो । यसले उपत्यकाको दूषित हावा सोसेर स्वच्छ हावा उत्सर्जन, खानेपानी, भूमिगत जलभण्डार सिञ्चन, कृषि भूमिमा सिँचाइ, मरुभूमीकरण हुनबाट काठमाडौंलाई जोगाउँछ । धूलो र धूवाँबाट आक्रान्त काठमाडौंवासीलाई प्रकृतिमा सयर गराउँछ । 

सफारीले शिवपुरी खलबलिने चिन्ता

राजधानीको उत्तरमा रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी खुला गर्ने सरकारको तयारीलाई सम्बद्ध विशेषज्ञहरूले चासोपूर्वक हेरेका छन् । वातावरणका कतिपय जानकार र वातावरणप्रेमीले पानीको मुख्य स्रोत भएको निकुञ्जभित्र सफारी खुला गरिए वातावरण खलबलिन सक्ने तर्क गरेका छन् । केही विशेषज्ञले बनिसकेकै मोटरेबल बाटोमा नियन्त्रित हिसाबले सफारी चलाउँदा कुनै असर नपर्ने टिप्पणी गरेका छन् । 

निकुञ्ज र संरक्षित क्षेत्रमा बढे पर्यटक

निकुञ्ज र संरक्षित क्षेत्रमा पर्यटकको आकर्षण बढेको आर्थिक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । २०६६/६७ मा ३ लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकामा २०७४/७५ मा करिब सात लाखले भ्रमण गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा आरक्षित क्षेत्रको राजस्व १४ करोडबाट वृद्धि भई ७१ करोड रुपैयाँ पुगेको छ । 

निकुञ्ज टोलीद्वारा भालु नियन्त्रणमा

वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह परिसरमा प्रवेश गरेको एउटा भालुलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ  ।

रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका मन्त्रिपरिषद्का २१ निर्णय

मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङ्कण रेलवेज् कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन रु ८४ करोड ६५ लाख ९५ हजार ६०० मा खरीद गर्ने निर्णय गरेको छ ।

निकुञ्ज क्षेत्रका सीसी क्यामेरा थन्किए

कात्तिक, मंसिर र माघमा गरी टिकौली जंगलको राजमार्ग क्षेत्रमा ३ वटा भाले चित्तल मरे । फागुनमा एउटा पोथी चित्तल मर्‍यो । चारवटै चित्तल गाडीको ठक्करले मरेका हुन् । कुनै पनि गाडीलाई प्रशासनले नियन्त्रणमा लिन सकेन । यसका साथै जंगलबीचमा गाडी रोकेर दिसापिसाब गर्ने र सडक किनारमा फोहोर फाल्ने क्रम बढेको छ ।

निकुञ्ज क्षेत्रमा डढेलो

सुक्खायामको सुरुसँगै पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा डढेलो सुरु भएको छ । गत साता निकुञ्जको अमलेखगन्ज क्षेत्रमा लागेको डढेलो हाल नियन्त्रणमा आएको निकुञ्ज प्रशासनले दाबी गरेको छ ।

निकुञ्ज क्षेत्रमा पाइप गाड्न सुरु

वन क्षेत्र भएको कारण विगत तीन महिनादेखि अडकिएको पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम बुधबारदेखि थालिएको छ । 

शिवपुरी-नागार्जुन मध्यवर्तीका चार बस्ती सारिँदै

वन तथा वातावरण मन्त्रालयले शिवपुरी–नागार्जुन निकुञ्जको मध्यवर्ती क्षेत्रका मुलखर्क, चिलाउने, ओख्रेनी र कुनेगाउँ बस्तीलाई कागेश्वरी–मनोहरा र गोकर्णेश्वर नगरपालिकामा सार्ने भएको छ ।