सरकारलाई संसदीय समितिले भन्यो, 'आइफा अवार्ड तत्काल रोक्नू'

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना गर्ने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड समारोह रोक्न निर्देशन दिएको छ । समितिले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डका अधिकारीलाई समेत बोलाएर आइफाबारे बहस चलाएपछि आइफा अवार्ड राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै रोक्न निर्देशन दिएको हो ।