'विवादले विचलित बनाउँदो रहेछ'

प्रकाश सपूतको 'गलबन्दी...’ गीत भाइरल भयो  । युट्युबमा भ्युजको रेकर्ड राख्दै गर्दा शम्भु राईले आफ्नो पुरानो गीत 'आऊ नाचौं साथी हो...’ सँग लय मिलेको आरोप लगाए  ।

शम्भू राईसँग सहमति गरेपछि प्रकाश सपूतले भने, 'मानसिक रुपमा कति विचलित भएको छु मलाई थाहा छ'

प्रकाश सपूत । अहिले दुई कारणले चर्चामा छन् । एक- गलबन्दी गीतले र अर्को- गलबन्दी गीत चोरी गरेको आरोपले । लोकगायक शम्भु राईले सपूतलाई गलबन्दी गीतको भाका आफ्नो गीतबाट चोरी गरेको आरोप लगाए । चोरी गरेको आरोपमा राईले मुद्धा दायर समेत गरे । तर पछि राई र सपूत दुवै मिले । बुधबार सहमति गरे। सहमतिपछि सपूतलाई कान्तिपुरकर्मी विमल खतिवडाले बिहीबार बिहान ६ प्रश्न गरे । सपूतले आफू रिकभर हुन केही समय लाग्ने बताए । प्रस्तुत छ खतिवडाले सपूतसँग गरेको कुराकानी :

संसद्‌मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन् ।

लोकलयमा विवाद : ‘गलबन्दी च्यातियो...’ चोरी आरोप

युट्युबमा अपलोड भएको २५ औं दिनमा पनि प्रकाश सपूतको ‘गलबन्दी’ गीत एक करोड ३५ लाखभन्दा बढी भ्युजसहित अझै नेपाल ट्रेन्डिङको ३३ औं स्थानमा छ । नेपाली ग्रामीण समाजमा गाइने रोधी परम्परामा आधारित उक्त लोकभाकालाई यति बेला भने चोरीको बात लागेको छ ।

गलबन्दी र पछ्यौरी 'च्यात्ने' यी जोडी

लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वर रहेको 'गलबन्दी च्यातियो...' गीत अहिले दशर्क/श्रोतामाझ लोकप्रिय बनेको छ । युट्युव भ्युअर्स करोड नाघेको छ । टिकटकमा पनि यही गीत हिट छ । ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो । तब सामाजिक सञ्जालहरुमा भाइरल बन्न पुग्यो । तस्बिरमा हेरौं यी दुई जोडी ।

यसकारण अत्यधिक रुचाइयो ‘गलबन्दी’

ठीक एक वर्षअघि गायक प्रकाश सपूतले ल्याएको गीत ‘बोल माया’ ले सांगीतिक क्षेत्रमा ठूलै उथलपुथल ल्यायो । परदेसिएका पतिको शव कफिनमा बन्द भएर आएपछिको अवस्थामा विरह भाकामा व्यक्त उक्त मार्मिक लोकगीतले धेरैको मन छोयो । नारायण रायमाझी, शान्तिश्री परियारका साथमा प्रकाश सपूतकै गायन रहेको उक्त गीतको रचना तथा संगीत पनि प्रकाशले नै गरेका थिए भने आफ्नै निर्देशनमा भिडियोमा अभिनय पनि गरेका थिए । 
ADVERTISEMENT
ADVERTISEMENT