कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

स्पेनी खेलाडी यामलका बुबामाथि चक्कु प्रहार

श्रावण ३१, २०८१
स्पेनी खेलाडी यामलका बुबामाथि चक्कु प्रहार

बार्सिलोना — स्पेनी फूटबल स्टार लामिन यामलका बुबामाथि चक्कु प्रहार भएको छ । यामलका बुबा मौनिर नसराओईमाथि बुधबार राति तटीय सहर मतारोको एक कार पार्किङमा आक्रमण गरिएको हो ।

यामल जन्मिएको मतारो सहर बार्लिसोनाबाट करिब ३० किमीको दूरीमा छ । प्रहरीका अनुसार उनीमाथि तीनपटक चक्कु प्रहार गरिएको हो । आक्रमणबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीनजनालाई पक्राउ गरेको स्पेनी सञ्चार माध्यमहरूले जनाएका छन् ।

२०२४ को युरोकप फुटबलअन्तर्गत फ्रान्ससँगको सेमिफाइनल खेलमा गोल गरेपछि यामल चर्चामा आएका थिए । प्रतियोगिताको इतिहासमा उनी स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका थिए ।

यामल स्पेनी क्लब बार्सिलोनाबाट खेल्ने शताब्दीकै कान्छा खेलाडी समेत हुन् । उनले १५ वर्ष ९ महिना १६ दिनको उमेरमा बार्सिलोनाबाट डेब्यु गरेका थिए । २००७ जुलाई १३ मा जन्मिएका यामल २०१४ मा ७ वर्षकै उमेरमा बार्सिलोनामा आबद्ध भएका थिए ।


प्रकाशित : श्रावण ३१, २०८१ १९:१७
x
×