कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

महिला राष्ट्रिय तेक्वान्दो सुरु

श्रावण २५, २०८१
महिला राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौँ — सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बिहीबार चौथो महिला राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । यस राष्ट्रिय प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशका खेलाडीले भाग लिएका छन् ।

ग्यारोगी (फाइट) र पुम्से (फर्म) विधामा हुने ५२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुम्सेको सिनियर व्यक्तिगत (३० वर्षमाथि) एपीएफकी प्रतिभा कुमारी विष्टले स्वर्ण जितिन् । आर्मीकी सविना भट्टराई दोस्रो र पुलिसकी सीता तामाङ तेस्रो भए ।

सिनियर व्यक्तिगत (१८–३० वर्ष) मा आर्मीकी स्वस्तिका तामाङले स्वर्ण जितिन् । पुलिसकी निशा दर्नालले रजत तथा आर्मीकी अर्पणा अधिकारी र पुलिसकी रमिला लामाले कांस्य जिते । सिनियर (१८–३० वर्ष) टिम पुम्सेमा आर्मीका नीता गुरुङ, स्वस्तिका तामाङ र अर्पणा अधिकारीले स्वर्ण जिते । पुलिसकी निशा दर्नाल, रमिला लामा र सविना गोलेले रजत तथा स्वयम्भू तेक्वान्दोका पूजा तामाङ, अपेक्षा तामाङ र अञ्जना वाइबाले कांस्य पदक जिते ।

क्याडेट पुम्सेतर्फ व्यक्तिगत (१२–१४ वर्ष) मा गोदावरीका संगम थापाले स्वर्ण, गोलढुंगाका कुन्जिता शेर्पाले रजत तथा गोदावरीका यमी पाख्रिन र प्रकृति प्रजाले कांस्य जितेका थिए । टिमतर्फ गोदावरीका प्रकृति, यमी र उषा सिलवालको टिमले स्वर्ण जितेको थियो । टोखाका खुसी जोशी, संरचना सरकार र शालिन श्रेष्ठको टिमले रजत जित्यो । हिमालीका प्रतीक्षा तामाङ, अनामिका गुरुङ र न्युनिशा लामा तथा सेन्ट जोसेफका प्रिया तामाङ, कुन्जिता शेर्पा र लेभना सिंहले कांस्य जिते ।

जुयिनर पुम्सेको १५–१७ वर्ष समूहमा विजेश्वरीकी अन्जिला मोक्तानले स्वर्ण जितिन् । मकवानपुरकी कविना राईले रजत तथा अल्फाकी निर्मा विष्ट र च्यासलकी सुप्रिया लामाले कांस्य जिते । सिनियर टिमतर्फ १८–३० वर्षमा च्यासलका दिया अधिकारी, युनिशा पहारी र अराध्या न्यौपानेले स्वर्ण जित्दा डाफोडिलका वृहना देवकोटा, मेघाना घतानी र डेचेन तामाङ रजत जित्न सफल भए ।

प्रकाशित : श्रावण २५, २०८१ ०६:००
x
×