कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

पेरिस ओलम्पिक : चीनमाथि अमेरिकाको अग्रता कायम

श्रावण २४, २०८१
पेरिस ओलम्पिक : चीनमाथि अमेरिकाको अग्रता कायम

काठमाडौँ — अमेरिका पेरिस ओलम्पिकको बुधबार १२ औं दिनको खेल समाप्तीमा पदक तालिकको शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानमा रहेको चीनले उसलाई बलियो चुनौती भने दिइरहेको छ ।

अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित पहिलो स्थानमा छ । अमेरिकाका क्विन्सी हलले पुरुष चार सय मिटर दौडमा स्वर्ण जिते । उनले ४३.४० सेकेन्डमा दौड पूरा गरे ।

यस्तै दोस्रोमा चीनको २५ स्वर्ण, २३ रजत र ११ कांस्य छ । अस्ट्रेलियाले भने तेस्रोमा आफ्नो पकड बलियो बनाएको छ ।अस्ट्रेलियाको १८ स्वर्ण, १२ रजत र ११ कांस्य भएको छ । अस्ट्रेलियाका किगन पाल्मले पुरुष स्केटबोर्डिङ ९३.११ अंकसहित स्वर्ण जिते ।

प्रकाशित : श्रावण २४, २०८१ ०६:४८
x
×