कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

भारतविरुद्ध श्रीलंकालाई २७ वर्षपछि वान डे सिरिज

श्रावण २४, २०८१
भारतविरुद्ध श्रीलंकालाई २७ वर्षपछि वान डे सिरिज

काठमाडौँ — श्रीलंकाले बुधबार भारतविरुद्धको वान डे सिरिज जितेको छ । तीन खेलको सिरिज श्रीलंकाको पक्षमा २–० रह्यो । पहिलो वान डे टाइ भएपछि श्रीलंकाले त्यसपछिका दुई खेल लगातार जितेको हो ।

दुई टिमबीचको वान डे सिरिज श्रीलंकाकाले हात पारेको २७ वर्षपछि पहिलो पटक हो । कोलम्बोको प्रेमदासा स्टेडियममा भएको तेस्रो तथा अन्तिम वान डेमा श्रीलंका १ सय १० रनको जित निकाल्न सफल रह्यो ।

श्रीलंकाले पहिले ब्याटिङ गर्दै सात विकेटमा २ सय ४८ रन बनाएको थियो । त्यसमा ओपनर अभिसन्का फर्नान्डोले ९६ रन बनाए ।जवाफमा भारत २६.१ ओभरमा १ सय ३८ रन रन बनाएर अलआउट भयो । श्रीलंकाका लागि डुनिथ वेलालागेले २७ रन खर्चे पाँच विकेट लिए ।


प्रकाशित : श्रावण २४, २०८१ ०६:४८
x
×