काठमाडौँ — एट्लेटिको म्याड्रिडले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई ८ करोड १० लाख पाउन्ड मूल्यमा अनुबन्ध गर्ने सहमति गरेको छ । सिटीले सबैभन्दा बढी मूल्यमा बिक्री गर्न लागेको यो कीर्तिमान हो ।
यसअघि सिटीले सन् २०२२ मा रहिम स्टर्लिङलाई ५ करोड पाउन्डमा बिक्री गरेको थियो । पूरा स्थानान्तरण प्रक्रियालाई अल्भारेजले व्यक्तिगत रूपमा सहमति दिन बाँकी छ, यद्यपि यसमा कुनै समस्या नहुने विश्वास छ । उनी आफैं सिटी छाड्न चाहन्थे ।
उनले पेरिस ओलम्पिकबाट अर्जेन्टिनी घर फर्केपछि यसबारे अन्तिम निर्णय गर्नेछन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओला उनलाई टिममै कायम राख्न चाहन्थे । तर, सिटीले खेलाडीको इच्छाविपरीत निर्णय गर्न चाहेन ।
यसअघि इल्काये गुन्डोगन, रियाद महारेज र आयमेरिक लापोर्टेले पनि क्लब छाड्न चाहेको बेला सिटीले त्यसमा कुनै अवरोध गर्न चाहेन ।
प्रकाशित : श्रावण २३, २०८१ ०७:३१