कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भान्डरसेको घातक बलिङमा श्रीलंकासँग भारत पराजित

श्रावण २१, २०८१
भान्डरसेको घातक बलिङमा श्रीलंकासँग भारत पराजित

काठमाडौँ — लेग स्पिनर जेफरी भान्डरसेले आफ्नो खेल जीवनले उत्कृष्ट बलिङ गर्ने गरेपछि श्रीलंकाले दोस्रो वान डेमा आइतबार भारतलाई ३२ रनले पराजित गरेको छ र तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । जवाफमा ब्याटिङ मैत्री पिचमा भारत ४२.२ ओभरमा २ सय ८ रन बनाएर अलआउट भयो ।

शानदार सुरुआत गरेको भारतले एक समय बिना कुनै विकेटको क्षति ९७ रन बनाएर पनि यो खेल गुमाएको हो । कप्तान रोहित शर्माले ६४ रन बनाए । भान्डरसेले ३३ रनमा छ विकेट लिए । यसअघि पहिलो वान डे टाइ भएको थियो । अब भारतले शृंखला जोगाउन तेस्रो तथा अन्तिम वान डे जित्नु पर्नेछ ।

प्रकाशित : श्रावण २१, २०८१ ०६:४६
x
×