कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

विम्बल्डन २०२४ : सेमिफाइनलमा मेडभेडेभसँग भिड्दै अल्कारेज 

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेज टोमी पउललाई पराजित गर्दै विम्बल्डन २०२४ को सेमिफाइनल पुगेका छन् । अन्तिम चारमा उनको भट डानिल मेडभेडेभविरुद्ध हुनेछ ।

विम्बल्डन २०२४ : सेमिफाइनलमा मेडभेडेभसँग भिड्दै अल्कारेज 

अल्कारेजलले पउललाई सुस्त सुरुआतपछि सम्हालिंदै ५–७, ६–४, ६–२ र ६–२ ले पराजित गरे । मेडभेडेभले भने विश्व नम्बर १ खेलाडी यानिक सिनरलाई ६–७, ६–४, ७–६, २–६ र ६–३ ले हराए ।

गत वर्षको विम्बल्नडन सेमिफाइनलमा पनि उनीहरू भिडेका थिए । अल्कारेजले तीन ग्रान्ड स्लाम उपाधि जितिसकेका छन् भने मेडभेडेभ पहिलो विम्बल्नडन फाइनल प्रवेशको प्रयासमा छन् ।

प्रकाशित : असार २६, २०८१ ०५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×