कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

यू-१८ युथ लिग फुटबल असार ३० देखि

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले असारमा ललित स्मृति एन्फा यू–१८ युथ लिग फुटबल आयोजना गर्ने भएको छ ।

यू-१८ युथ लिग फुटबल असार ३० देखि

आयोजक एन्फाका उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले बुधबार पत्रकार सम्मेलनमा यही असार ३० देखि आइतबारदेखि प्रतियोगिता हुने जानकारी गराएका छन् ।

युथ लिग विजेताले १ लाख र उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

एन्फाका पूर्वकार्यबहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता भइरहेको छ । उनको २०७२ सालमा निधन भएको थियो ।

पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलगायतबको उपस्थिति थियो ।

प्रतियोगिताको तयारीवापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।

लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । मंगलबार सार्वजनिक खेल तालिकाअनुसार असार ३० मै अर्को खेलमा सातदोबाटो युथ र खुमलटार एफसी भिड्नेछन् ।

प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका एपीएफ एफसी, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ, मछिन्द्र एफसी, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एनआरटी, संकटा, सातदोबाटो युथ, थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबले भाग लिनेछन् ।

फ्रेन्ड्स र हिमालयन शेर्पाले भने प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् । सहभागी टोलीले एकअर्कासँग दुईपल्ट खेलेपछि शीर्षस्थानमा रहेने टोली च्याम्पियन बन्ने छ ।

हेमन्त श्रेष्ठ/कान्तिपुर


प्रकाशित : असार २६, २०८१ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×