कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

राखेप बोर्डमा पारा ओलम्पिकबाट श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ राष्ट्रिय पारा ओलम्पिक कमिटी नेपालबाट युवा तथा खेलकुद मन्त्रिस्तरीय निर्णयअनुसार सदस्यमा नियुक्त भएका हुन् ।

राखेप बोर्डमा पारा ओलम्पिकबाट श्रेष्ठ

पारा ओलम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन् । राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गरेका छन् ।

श्रेष्ठ हाङचाङ एसियाली खेलकुदमा पारा तेक्वान्दो टिमका म्यानेजर थिए । उक्त एसियाडमा पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक जितेकी थिइन् ।

प्रकाशित : असार २६, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×