कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

सबैको नजर रेफ्रीप्रति

एपी

डर्टमन्ड — इंग्ल्यान्ड र नेदरल्यान्ड्स भिड्दा सबैको नजर रेफ्रीप्रति पनि हुनेछ । किनभने उनी विवादास्पद छन् । खेल मिलेमतो आरोपमा कारबाहीमा परिसकेका हुन् । उनी हुन्, फेलिक्स ज्वयेर । यसपल्टको युरोमा उनको यो चौथो खेल हुनेछ ।

सबैको नजर रेफ्रीप्रति

नेदरल्यान्ड्सले रोमानियामाथि प्राप्त गरेको जितमा उनी नै रेफ्री थिए । यूईएफए र जर्मन फुटबल संघले उनको नाम सेमिफाइनलका लागि निश्चित गरेको हो ।

यही बेला किन पनि उनको चर्चा छ भने उनी इंग्ल्यान्डका खेलाडी जुड बेलिङ्घमसँग कुनै न कुनै रूपमा जोडिन्छन् । सन् २०२१ मा उनी जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमन्डका लागि खेल्थे ।

ज्वयेरलाई आफ्नो खेलमा नियुक्त गरिएपछि बेलिङ्घमले त्यसको आलोचना गरेका थिए । त्यसैका लागि उनलाई ४० हजार युरो जरिवाना गरिएको थियो ।

सन् २००६ मा ज्वयेर युवा रेफ्री छँदा उनलाई खेल मिलेमतोको आरोपमा ६ महिना प्रतिबन्ध लगाइएको थियो । उनीमाथि आजीवन प्रतिबन्धमा परेका रेफ्री रोबर्ट होयजरबाट पैसा लिएको आरोप लागेको थियो । ज्वेयरले सन् २००४ मा होयजरबाट ३ सय युरो लिए पनि त्यसको बदलामा खेलमा बदमासी गरेको वा नगरेको त्यो भने पुष्टि भएको थिएन ।

प्रकाशित : असार २६, २०८१ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×