कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

भेट्रान धावकहरू ढाकातिर

काठमाडौँ — बंगलादेशको ढाकामा हुने अन्तर्राष्ट्रिय खुला भेट्रान्स एथलेटिक्स प्रतियोगितामा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

भेट्रान धावकहरू ढाकातिर

यही जुन २७ देखि २९ सम्म हुने प्रतियोगितामा ३५ वर्षमाथिदेखि ७० वर्षमाथि सम्मको इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा नेपालबाट बुद्धवीर लामा, दीपककुमार रञ्जित, धर्म महर्जन, लाक्पा शेर्पा लामा, पुष्पलाल श्रेष्ठ, रेवत बहादुर दाहाल र सन्जिवकुमार ढकालले भाग लिनेछन् ।

बंगलादेश भेट्रान्स एथलेटिक्स संघको आमन्त्रणमा नेपाल एथलेटिक्स एसोसिएसनले भेट्रान टिमलाई पठाउन लागेको हो ।

भाग लिन जाने नेपाली खेलाडीलाई सोमबार एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, पूर्वकीर्तिमानी धावक वैकुण्ठ मानन्धर, पूर्वसांसद कोमल वलीले सफलताको शुभकामनासहित बिदाइ गरे ।

प्रकाशित : असार १०, २०८१ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×