कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

सन् १९८७ मा आजकै दिन : मेस्सीको जन्म 

काठमाडौँ — सन् १९८७ मा आजकै दिन (जुन २४) मा चर्चित फुटबलर लियानेल मेस्सीको जन्म भएको थियो । अर्जेन्टिनाको रोसोरियोमा जन्मिएका मेस्सीले पाँच वर्षकै उमेरदेखि फुटबल खेल्न थालेका थिए ।

सन् १९८७ मा आजकै दिन : मेस्सीको जन्म 

सानै उमेरमा स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित भएका मेस्सीमा ग्रोथ हर्मोनको कमी देखिएपछि उपचारका लागि बार्सिलोना क्लब पुगेका थिए ।

मेस्सी १३ वर्षको उमेरमा स्पेनी क्लब बार्सिलोनामा अनुबन्धित भए । त्यसको चार वर्षपछि उनले प्रतिस्पर्धात्मक खेल खेल्न सुरु गरेका थिए । अन्य खेलाडीभन्दा उचाइ कम भएका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपुण बनाउँदै लगे ।

मेस्सीले २२ वर्षको उमेरमै बालोन डी’ओर जित्न सफल भएका थिए । फुटबल करिअरमा मेस्सीले आठ पटक बालोन डी’ओर र ६ पटक युरोपियन गोल्डेन बुट जितेका छन् । त्यस्तै उनी फिफाद्वारा आठ पटक उत्कृष्ट खेलाडी घोषित भइसकेका छन् । बार्सिलोनाका लागि मेस्सीले १० ला लागा, ७ कोपा डेल रे र ४ च्याम्पियन्स लिग गरी ३४ ट्रफी जितेका छन् ।

अर्जेन्टिनाका लागि उनले २०२१ को कोपा अमेरिका र २०२२ को विश्वकपसमेत हात पारिसकेका छन् । २०२३ जुलाई यता मेस्सीले अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् ।

प्रकाशित : असार १०, २०८१ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

‘नैतिक चरित्र’ मा गम्भीर प्रश्न उठेका निर्वाचन आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानलाई अब संसदीय सुनुवाइ समितिले के गर्नुपर्छ ?

×