कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

युरो २०२४ : घाइते इटालीलाई क्रोएसियाली चुनौती

रोयटर्स

लाइप्जिग — लगभग घाइते स्थितिमा रहेको इटालीलाई आफू वास्तवमै कस्तो छ, त्यो देखाउनुपरेको छ । यही इटालीले युरोको लिग चरणको आफ्नो अन्तिम खेलमा क्रोएसियाको सामना गर्दै छ । समूह ‘बी’ को यो खेल धेरै अर्थमा निर्णायकजस्तै छ, डिफेन्डिङ च्याम्पियन इटालीको फुटबलको पुनर्जागरण कहाँ पुग्यो भनेर । 

युरो २०२४ : घाइते इटालीलाई क्रोएसियाली चुनौती

इटाली आफ्नो अन्तिम खेलमा स्पेनसँग १–० ले पराजित भएको थियो । त्यस खेलमा स्पेन दुई फुटबल महाशक्तिबीचको भिडन्तमा हाबी नै रह्यो । क्रोएसियाले पनि अल्बानियालाई अन्तिम समयमा गोलको अवसर दिएर खेल २–२ कै बराबरीमा चित्त बुझाएको थियो । यस अन्तिम खेललाई लिएर दुवै टोली अलिकति चिन्तित र अलिकति सतर्क पनि छ ।

दुई खेलबाट ३ अंकसहित इटाली समूहको दोस्रो चरणमा छ र टोलीले क्रोएसियाविरुद्ध हार टार्ने हो भने उपविजेताका रूपमा अर्को चरण पुग्नेछ । इटालीले पहिलो खेलमा अल्बानियालाई पन्छाएको थियो । अल्बानियाले स्पेनलाई अर्को खेलमा हराउँछ र आफैं पनि क्रोएसियासँग पराजित हुन्छ भने इटालीको यात्रा यसै खेलमा रोकिनेछ ।

ज्लाट्को डालिचको क्रोएसियाका लागि स्थिति अझ नाजुक छ । स्पेनविरुद्धको आफ्नो पहिलो खेलमा क्रोएसिया ३–० ले नराम्रोसँग पराजित रहेको थियो । क्रोएसियाको जम्माजम्मी एकै अंक मात्र छ । तर टोलीसामु उपविजेताका रूपमा अर्को चरण पुग्ने सम्भावना पनि मरेको छैन, सम्भवतः बराबरीले क्रोएसियालाई पुग्ने छैन ।

यस्तो किनभन्दा युरो २४ टिममा विस्तार हुँदा २ अंकमा रहेको टिम तेस्रो स्थानमा रहने उत्कृष्ट शीर्ष चारमा परेर अन्तिम १६ पुगेको इतिहास छैन । फेरि क्रोएसियाको विश्वकपमा जति राम्रो प्रदर्शनको इतिहास छ, टोलीले युरोमा भने त्यस्तै प्रदर्शन देखाउन सकेको छैन । त्यसैले क्रोएसियाको लडाइॅ इतिहासविरुद्ध पनि छ ।

स्पेनविरुद्धको हारलाई भने इटालीमा निको मानिएको छैन र चर्को आलोचना भइरहेको छ । लुसियानो स्पालेटीको यस टिमलाई त्यहाँको मिडियाले कमजोर र केही गर्न नसक्ने भनेर उडाएका छन् । स्पालेटी आफैं मान्छन्, इटालीका खेलाडी थाकेका देखिन्छन्, ताजगी भन्ने नै छैन । स्पेनको लगातार आक्रमण सहेर इटालीका खेलाडी सम्भवतः अझ कमजोर भएका छन् ।

प्रकाशित : असार १०, २०८१ ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×