कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

निर्णायक क्षेत्रीलाई अमेरिकामा दूतावासको सम्मान

काठमाडौँ — नेपाली अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक राजु क्षेत्रीलाई तेक्वान्दो खेलमा पुर्‍याएको योगदानको कदरस्वरुप अमेरिकास्थित नेपाली राजदूतावासले सम्मान गरेको छ । अमेरिकास्थित नेपाली राजदूत श्रीधर खत्रीले क्षेत्रीलाई सम्मानपत्र प्रदान गरे ।

निर्णायक क्षेत्रीलाई अमेरिकामा दूतावासको सम्मान

तेक्वान्दो खेलाडी, मास्टर इन्स्ट्रक्टर र अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा अमेरिका तथा अन्य देशमा नेपालको प्रतिनिधित्व गरेका क्षेत्रीलाई सम्मान गरिएको हो । करिब तीन दशकदेखि तेक्वान्दोमा निरन्तर लागेका खत्री अहिले रेफ्रीको भूमिका निर्वाह गर्न अमेरिकामा छन् ।

उनले अमेरिकामै विश्व वरीयता जी–२ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता (जी–१) किमयोङ कप, अमेरिकाको लास भेगासमा भएको २०२३ यूएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका खेलेका थिए ।

सन् २००६ मा दक्षिण कोरियामा भएको प्रथम विश्व पुम्से तेक्वन्दो च्याम्पियन्सीपमा क्षेत्री नेपाली टिमका प्रशिक्षक थिए । उनी २०१४ को इन्चोन एसियाली खेलकुदमा अफिसियल थिए । एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष रहेका क्षेत्री कोरिया–ओपन विश्व वरीयता जी–२ अन्तर्राष्ट्रिय प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुन् ।

प्रकाशित : असार १०, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×