कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

कोपा अमेरिका २०२४ : उरुग्वे र अमेरिकाको विजयी सुरुआत

काठमाडौँ — उपाधिको बलियो दाबेदार उरुग्वे र आयोजक अमेरिकाले कोपा अमेरिका २०२४ मा विजयी सुरुआत लिएका छन् । कीर्तिमान १५ पल्टको च्याम्पियन उरुग्वेले सोमबारको समूह ‘सी’ को खेलमा पानामालाई ३–१ ले हरायो र समूहको शीर्षमा रहने सफल रह्यो ।

कोपा अमेरिका २०२४ : उरुग्वे र अमेरिकाको विजयी सुरुआत

त्यसमा म्याक्सिमिलिनोले १६ औं मिनेटमा पहिलो गोल गरे भने डारविना नुनेजले ८६ औं मिनेटमा दोस्रो गोल थपे । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा माटिस भिनाले तेस्रो गोल थपे ।

लगत्तै पानामाका लागि माइकल आरिमले एक गोल फर्काए । त्यस अगाडि समूह ‘सी’ कै खेलमा अमेरिकाले बोलिबियालाई २–० ले पराजित गरेको थियो ।

अमेरिकाका लागि क्रिस्टियन पुलिसिचले तेस्रो मिनेटमै गोलको खाता खोले । दोस्रो हाफ पहिलो हाफको अन्त्यतिर सम्भव भएको थियो । पुलिसिचले नै सिर्जना गरेको अवसरमा फ्लोरिन बालोगनले दोस्रो गोल गरे ।

प्रकाशित : असार १०, २०८१ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×