कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

प्याब्सन विराटकप उपाधि मोर्डन एरालाई 

विराटनगर — तेस्रो संस्करणको प्याब्सन विराटकप फुटबल प्रतियोगिताको उपाधि मोर्डन एरा स्कुलले जितेको छ । सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुललाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको हो ।

प्याब्सन विराटकप उपाधि मोर्डन एरालाई 

मोर्डन एराको जितमा अमन माझीले खेलको ५५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगिताको तेस्रो स्थान गोदावरी स्कुलले हात पार्‍यो ।

मोर्डन एराका रोसित राई खेलको प्लेर अफ द म्याच घोषित भए । बेस्ट मिट फिल्डर डिपिएसका जेनिल विष्ट, बेस्ट गोलकिपर मोर्डन एराका रोनक राजधामी, बेस्ट कोच मोर्डन एराका सन्दिप भट्टराई, बेस्ट फिल्डर मोर्डन एराका अमन माझी, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट डिपिएस स्कुलका आयुष सहनी घोषित भए ।

त्यसैगरी ईमर्जिङ प्लेयरमा सिद्धार्थ स्कुलका प्रवेश राई र हाइस्कोर डिपिएस स्कुलका इमोन खवास भए । विजेता टोलीलाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सल्लाहकार सावित्राकुमारी पराजुली, प्याब्सन मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवाललगायतले शिल्ड र पुरस्कार वितरण गरेका थिए ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयको सहभागिता थियो ।

प्रकाशित : असार ६, २०८१ २२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×