कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

एथलेटिक्स मिटमा शिवराज र निशा उत्कृष्ट

काठमाडौँ — एपीएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा मंगलबार उत्कृष्ट खेलाडी चुनिएका छन् ।

एथलेटिक्स मिटमा शिवराज र निशा उत्कृष्ट

शिवराजले १ सय र २ सय मिटर दौडमा स्वर्ण तथा ४ गुणा १ सय मिटर रिलेमा रजत पदक जितेका थिए । धाविका निशाले १ सय र २ सय मिटर दौड तथा लङजम्पमा स्वर्ण पदक जितिन् ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २ सय मिटर दौडमा शिवले २२.३६ सेकेन्डमा दूरी पूरा गरे । वीरगन्जका आदेशकुमार यादवले रजत र एपीएफका आशिष चौधरीले कांस्य हात पारे । सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेन्ड खर्चिन् । आर्मीका कलेशी चौधरी र सरस्वती थारु क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

पुरुष ८ समय मिटर दौडमा आर्मीका सुनील सुनार पहिलो भए । उनले १ मिनेट ५७.८६ सेकेन्ड लगाए । आर्मीकै अक्कलबहादुर पाल दोस्रो र एपीएफका सन्जिव नेपाली तेस्रो बने । सोही स्पर्धाको महिलामा एपीएफकी आशा रावत विजेता भइन् । आशाले २ मिनेट २६.७ सेकेन्डमा दूरी पार गरिन् । आर्मीका रेखा लिम्बू दोस्रो र नवीना थापा तेस्रो भए ।

दुईदिने प्रतियोगितामा ५ सय ७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।


प्रकाशित : असार ४, २०८१ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×