कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मीन र गोमालाई फेन्सिङको स्वर्ण

काठमाडौँ — आर्मीका मीन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा स्वर्ण पदक जितेका छन् । एपीएफका जंग गिरी दोस्रो र वाग्मती प्रदेशका टार्जन दाहाल र शुलभ सुनुवार तेस्रो भए ।

मीन र गोमालाई फेन्सिङको स्वर्ण

नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा वाग्मतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोस्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेस्रो भए ।

महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोस्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेस्रो भए । प्रतियोगिता बुधबार सकिनेछ ।

प्रकाशित : असार ४, २०८१ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×