कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

एन्जल्स हार्टको कोर्टमा हिमरश्मि विजयी

काठमाडौँ — हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गर्ल्समा मंगलबार जित हात पारेको छ ।

एन्जल्स हार्टको कोर्टमा हिमरश्मि विजयी

आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५–१८ स्कोरले हरायो । हिमरश्मिकी निमा तामाङले ८ स्कोर जोडिन् ।

जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३२–२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१–१५, सेबले जीवन ज्योतिलाई २३–२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०–१६, गोल्डेनपिकले हिमरश्मिलाई २३–१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५–२० र एन्जल्स हार्ट ‘बी’ ले फ्लोरोसेन्टलाई १५–१४ स्कोरले हराए ।

किङडमका जिग्मे लामाले १५, एन्जल्स हार्ट ‘ए’ का रुपेश पौडेलले १०, सेबका जीवन खत्रीले ७, ग्रिनल्यान्डका विशाल केसीले ८, गोल्डेन पिकका मिङमार शेर्पाले ५, लालीगुराँसका अरुण लामाले ७ र एन्जल्स हार्ट ‘बी’ का विवस वाइबाले ५ स्कोर गरे ।

प्रकाशित : असार ४, २०८१ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×